लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धन आवश्यक : काङ्ग्रेस नेता रावल

लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धन आवश्यक : काङ्ग्रेस नेता रावल

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रण बहादुर रावलले गठबन्धन रहर नभइ बाध्यता भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन अछाम शाखाले मंगलसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले

केपी वलि बाट मुलुक र लोकतन्त्र खतरामा परेकाले वलिको अधिनायकवाद कार्यका विरुद्ध गठबन्धन भएको बताउनुभयो ।

देशमा स्थापित संविधानको रक्षा गर्न लोकतान्त्रिक मुल्य मान्यता लाइ जोगाउनका लागी यो गठबन्धन आवश्यक भएको बताउनुभयो भयो ।

सञ्चारकर्मी हरुको प्रश्नको जवाफ दिदै मन्त्री रावलले भने काङ्ग्रेस एक्लै चुनावी मैदानमा भिड्न तयार छ  काङ्ग्रेस चुनावमा एक्लै जान डराएको चाहिँ होइन
हिजो संविधानको घाटी निमोठेर संविधान ध्वस्त गराउन लाग्नेका विरुद्ध केहि दल हरु एक ठाउमा उभिएकाले गठबन्धन अघि बढेको बताउनुभयो ।

काङ्ग्रेस पार्टी जहिले पनि लोकतन्त्र माथी बढी बिश्वास गर्ने भएकोले लाेकतन्त्र र संविधान गर्नका लागी आसन्न मंसिर ४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाइ बिश्वासका साथ बिजयी गराउन नेताकार्यकर्ता हरु एक जुट भएर जानू पर्ने बताउनुभयो । नेपाल प्रेस युनियन अछामका बरिस्ठ उपाध्यक्ष लोकराज ढकालको  अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शाखाका उपाध्यक्ष नमराज भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply