उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र, १८ गतेभित्र प्रदेशमा पठाइसक्नुपर्ने
काठमाडौ : नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ। कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेर उम्मेदवारको नाम सिफारिस गर्न भनेको छ।
महामन्त्री गगन थापाद्वारा हस्ताक्षरित परिपत्रमा जिल्ला कार्यसमितिले भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिलाई आकांक्षीको नाम पठाउनु पर्ने उल्लेख छ। परिपत्रमा जिल्ला कार्यसमितिबाट प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरेर प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र केन्द्रमा नाम पठाउनुपर्ने भनिएको छ।