डेंगु रोगको कारण अछामका कोष नियन्त्रक चन्दको निधन
डेंगु रोगको कारण अछामका एकजना कार्यालय प्रमुखको निधन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका कोष नियन्त्रक जय कुमार चन्दको उपचारको क्रममा भारतको लखनउ स्थित एक अस्पतालमा बिहिवार निधन भएको हो ।
भदौ ३१ गते राती देखि अत्याधिक ज्वरो आएपछि जिल्ला अस्पताल लगिएको थियो । परिक्षण गर्दा डेंगु संक्रमण भएको पुष्ठि भएको थियो । जिल्ला अस्पताल अछाममा उपचारत चन्द असोज ३ गते उपचारको लागी गएका जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर सोनाली बास्कोटाले बताउनुभयो ।
नेपालगन्जमा समेत सन्चो नभएपछी असोज ५ गते बुधबार थप उपचारको लागी भारतको लखनउ लगिएको थियो ।
कोष नियन्त्रक चन्द असोज ६ गते आज अछाममा सरुवा भएर आएको २ वर्ष पुगेको कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका लेखापाल रामबहादुर माझिले बताउनुभयो ।