मानव अधिकार तथा शान्ति समाज अछामको १८ औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

मानब अधिकार तथा शान्ति समाज अछामको १८ औं साधारणसभा सम्पन्न भएको छ ।
शाखाका अध्यक्ष पदम बहादुर शाहको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि रामारोशन गाउँपालिका निवर्तमान उपाध्यक्ष सरस्वती रावल रहनुभएको थियो भने विशिष्ट अतिथि अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट रहनुभएको थियो । कार्यक्रममा प्रमुख वक्ताको रूपमा समाजका केन्द्रीय उपसभापति कृष्ण रावल रहनु भएको थियो । कार्यक्रममा समाजका केन्द्रीय सचिव मदन कुवर,केन्द्रीय सदस्य सरस्वती नेपाली लगायत सरोकारवालाको उपस्तिथि रहेकोे थियो । समाजका उपसभापति सुशील भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव तेजनारायण पौडेल गर्नुभएको थियो । साथै साधारणसभा बाट नयाँ कार्यसमिति चयन भएको छ ।
जसको सभापतिमा जय बहादुर बोगटी , उपसभापति महेश प्रसाद जैशि, सचीव डम्बर बहादुर बोगटी, सह सचिब हरिजन रावल, कोषाध्यक्ष दिलु स्वार ,सदस्य हरी रावल लगायत ११ जना को जिल्ला कार्यसमिती चयन भएको हो ।