सहमहामन्त्री बद्री पाण्डेलाई मत माग्दै गगनले भने : संसदमा प्रतिक्षा गरेको छु

शुसिल भण्डारी
कार्तिक २६, २०७९ १७:५६:५३ • ४६० पटक पढिएको

काठमाडौं–४ बाट आफैँ उम्मेदवार रहेका महमन्त्री थापाले भिडिओ सन्देशमार्फत् बाजुराबाट उम्मेदवार रहेका सहमहामन्त्री पाण्डेका लागि मत मागेका हुन्।
बाजुरा कांग्रेसका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा शेयर गरिरहेको उक्त भिडिओमा थापाले पाण्डेका बारेमा आफूले देखेका गुणहरु बयान गरेका छन्।
‘बद्री पाण्डे एउटा निष्ठावान राजनीतिक कार्यकर्तामात्र होइन, एउटा अशल मानिस पनि हो,’ उनले भनेको छन्, ‘बद्री पाण्डेभित्र दया छ, करुणा छ, आफ्नो ठाउँ प्रतिको अगाध स्नेह छ।’
महामन्त्री थापाले सहमहामन्त्री पाण्डेलाई आफूले प्रतितिधिसभामा प्रतिक्षा गरिरहेको र उनको उपस्थितिले मुलुकको राजनीतिक परिवर्तनमा ठूलो मद्दत पुर्याउने पनि बताएका छन्।
‘बद्री पाण्डे नेपाल बदल्न चाहन्छन्। नेपाल बदलिँदै गर्दा बाजुरा नबदलिकन नेपाल बदलिदैन भन्ने कुराको विश्वास गर्छन्,’ भिडिओ सन्देशमा उनले भनेका छन्, ‘म संसदमा बद्री पाण्डेलाई प्रतीक्षा गरिरहेको छु। प्रतिनिधिसभामा बद्री पाण्डेको उपस्थितिले हामी जुन ठूलो राजनीतिक परिवर्तन गर्ने प्रयास गर्दैछौं त्यसमा धेरै ठूलो मद्दत पुर्याउँछ।’
सिफारिस