रामारोशन गाउपालिका – परिक्षाको निष्पक्षता जाच बुझ गर्न उपाध्यक्षको नेतृत्वमा ३ सदस्यिय समिती गठन
अछाम । जिल्लाको रामारोसन गाउपालिकामा सर्वदलिय र सर्वपक्षिय तथा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।
बैठकले परिक्षाको सन्दर्भमा आन्दोलनरत पक्षले उठाएका माग र परिक्षाको निष्पक्षता जाच बुझ गर्न उपाध्यक्षको नेतृत्वमा ३ सदस्यिय समिती गठन गरेको छ ।
उक्त समितिले छानबिन गरी प्रतिवेदन कार्यपालिकामा पेस गर्ने समेत निर्णय भएको रामारोशन गाउपालिकाले जनाएको छ ।
यस्तै आगामी दिनमा कुनै पनि बहानामा कुनै पनि पक्षले तालाबन्दी नगर्ने र गरेको भेटिएमा प्रहरी प्रशासनको रोहबरमा तत्काल ताल्चा खोली सेवाप्रवाह गर्ने र यसपटकको तालाबन्दी समेत तत्काल खोली नियमित सेवा प्रवाह गर्ने निर्णय भएको छ ।