ने.वि.संघ रुपन्देहिमा सामानान्तर समिति,अध्यक्षमा शमशेर खड्का चयन
ने.वि.संघ केन्द्रीय अध्यक्षले गरेका अवैधानिक नियुक्तिका विरुद्ब भन्दै रुपन्देहीमा बिधार्थी भेलावाट सर्वसम्मत चयन ने.वि.संघ जिल्ला अध्यक्ष शमशेर खड्का लाई चयन गरिएकाे छ ।
रुपन्देही नेपाली काँग्रेस जिल्ला उपसभापति थानेशवर गाैतमकाे अध्यक्षतामा वसेकाे वैठले जिल्ला सभापतिले एकलाैटि रुपमा नाम सिफारिस र अवैधानिक तरिकाले गरेकाे निर्णय सच्याउन केन्द्रीय कार्यसमितिलाई माग गर्ने, ने.वि.संघ रुपन्देही जिल्लाकाे तदर्थ समित गठन गरि अध्यक्षमा शमशेर खड्कालाई नियुक्त गर्ने र स्ववियुलाई केन्द्रित गरेर विधार्थी भेला वाेलाउने निर्णय गरेकाे ने.वि.संघ पुर्व अध्यक्ष छाया पाेख्रेलले बताए ।
भेलामा नेपाली काँग्रेस लुम्बिनी प्रदेश काेषाध्यक्ष प्रकाश राना, नेपाली काँग्रेस रुपन्देही जिल्ला उपसभापति थानेश्वर गाैतम, सचिव
परमानन्द भट्टराई,सहसचिव विष्णु थापा, जिल्ला सदस्यहरू, नगर समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, ने.वि.संघ नेताहरु लगायत २०० जना महत्त्वपूर्ण नेताहरुकाे उपस्थिति थियाे ।
हिजै मात्र शेखर काेइराला पक्षधर ने.वि.संस्थापनइतर समुहका विधार्थी नेताहरुले उपत्यकामा भेला गरि अवैधानिक गतिविधि राेक्न र अवैधानिक निर्णय खारेज गर्न माग गर्दै सामुहिक भेलावाट प्रेस विज्ञप्ति जारि गरेका थिए ।