डिप्रोक्स लघुवित्तद्वारा मंगलसेन नगरपालिका वडा नम्बर ५ मा डस्बिन वितरण
डिप्रोक्स लघुवित्त वित्तिय संस्था अछाम शाखाले मंगलसेन नगरपालिका वडा न ५ लाई फोहोर फाल्ने डस्टविन हस्तान्तरण गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वडालाई डस्विन हस्तान्तरण गरिएको शाखा प्रमुख हितमान साउदले बताउनुभयो । वडा न ५ बजार क्षेत्र पनि भएको र पालिकाको केन्द्र भएको हुदा फोहोर व्यवस्थापन गर्न सहज बनाउने उदेश्यले १४ वटा डस्विन हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थाले जिल्लामा यस्ता परोकारी कामहरू गर्दै आएको छ । अछाम जिल्लामा लगानी मात्रै नभई सामाजिक उत्तरदायित्वका कामहरू समेत यो संस्थाले गर्दै आएको शाखा प्रमुख साउदले बताउनुभयो । डिप्रोक्स लघुवित्तले उपलब्ध गराएका डस्टविनहरु बजार क्षेत्रका विभिन्न ठाउमा राखिने वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाटले बताउनुभयो । २०५८ साल आषाढ १९ मा वित्तीय कारोवार गर्न इजाजत प्राप्त यो बैंक हाल बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०६३ बमोजिम संचालित राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड मुलुकभर ७१ जिल्लामा आफ्ना १ सय ४९ शाखा मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ । संस्थासंग हाल अधिकतम पूंजी २ अर्ब, जारी तथा चुक्त पूंजी १ अर्ब ३८ करोड ७४ लाख रहेको छ अछाम शाखा प्रमुख साउदले बताउनुभयो । अछाम जिल्लाको मंगलसेनमा २०७३ सालमा स्थापना भई लघुवित्त सेवा प्रदान गर्दै आएको र यो शाखामा हाल १ हजार ९७ सदस्य रहेका छन भने ३ सय ९७ जना सदस्यहरुले कर्जा उपभोग गरिरहेका छन । कार्यक्रममा वडा न ४ का अध्यक्ष नाम सिंह धामी, वडा सचिव उर्मिला जि.सी., वडा सदस्य सुरत कामी, संस्थाका कर्मचारी सुनीता शाह लगायत मंगलसेन बजार क्षेत्रका व्यापारीहरुको सहभागिता रहेको डिप्रोक्स लघुवत्ति संस्थाका कार्यक्रम सहायक दल बहादुर बुढाले जानकारी दिनुभएको छ ।