पुर्वाधार विकास कार्यालय अछाम द्धारा संचालित विकास निर्माणका आयोजना हरुको अनुगमन

पुर्वाधार विकास कार्यालय अछाम द्धारा संचालित विकास निर्माणका आयोजना हरुको अनुगमन

अछाम : जिल्लाका सरोकारवालाको टोलीले पुर्वाधार विकास कार्यालय अछाम द्धारा संचालित विकास निर्माणका योजनाहरुको अनुगमन गरेको छ ।  जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरको नेतृत्वमा गएको टोलीले जिल्लाको रामारोशन गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र साफेबगर नगरपालिकामा संचालित विभिन्न योजनाहरुको अनुगमन गरेको हो । पुर्वाधार विकास कार्यालय अछाम द्धारा संचालित सडक, पुल र ३ वटै पालिकामा संचालित क्रसर उद्योगको समेत अनुगमन गरिएको बताईएको छ । अनुगमन टोलीले रामारोशन गाउँपालिकामा निर्माण भईरहेको कालोपत्रे सडक र दुईवटा अस्थायी रुपमा संचालन भईरहेका क्रसर उद्योग, बान्नीगढी जयगढ गाउँपालिकामा सडक सहित क्रसर उद्योगको अनुगमन गरेको छ भने साफेबगरमा संचालनमा रहेको क्रसर उद्योगकको पनि अनुगमन गरेको पुर्वाधार कार्यालय अछामका प्रमुख रुद्र बहादुर बोगटीले बताउनुभयो । अनुगमनको क्रममा तिनवटै पालिकामा संचालित क्रसर उद्योगहरु प्रकृया पुर्याएर नै सचालनमा रहेकाले क्रस उद्योगले उत्पादन गर्ने मेट्रेलहरु गुणस्तरिय भए नभएको बारेमा निरिक्षण गर्नुका साथै कमीकमजोरी भएको ठाउमा सुधार गर्न समेत सुझाव दिईएको कार्यालय प्रमुख बोगटीले बताउनुभयो । निर्माण कम्पनीले क्रसर उद्योग संचालन गर्दा सम्बन्धित पालिकालाई फाईदा पुगेको भन्दै उहाँले नेपाल सरकारले निर्देशन अनुसार नै क्रसर उद्योगहरुले काम गरेको पाईएको बताउनुभएको छ । क्रसर उद्योगले उत्पादन गर्ने सामाग्रीहरु गुणस्तर छ छैन त्यसको परिक्षण गरेर मात्रै प्रयोग गर्न निर्देशन दिईएको कार्यालयले जनाएको छ । सोही अवसरमा टोलीले रामारोशन गाउँपालिकामा संचालन भईरहेका विभिन्न क्लिनिकहरुको समेत अनुगमन गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामले संचालन गरेको लागुपदार्थ विरुद्धको महाअभियान कार्यक्रम अन्तर्गत पालिकामा संचालित क्लिनिकहरुको अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । लागु औषध न्यूनीकरण गर्ने  अभियान नेपाल प्रहरीको मात्रै नभई आम अछामी नागरिकको भएकाले सबैले आ आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने         अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताउनुभयो  । अहिले अछाम प्रहरीले पनि लागु औषध विरुद्धको अभियान संचालन गरेको हुदा अब यस महा अभियनालाई सफल पार्न सबैले हातेमालो गर्नुपर्नेमा जोडदिनुभयो  । शान्त र समृद्ध अछाम बनाउने जिम्मेवारी सबै अछाम जिल्लाबासीको भएको हुदा यस महा अभियानमा जुट्न र साथ दिन अनुरोध गर्नुभएको थियो । अछाम जिल्लामा मदिराको सबैभन्दा ठुलो समस्या रहेकाले अवैध घरेलु मदिरा बरामद गर्ने कार्यलाई पनि त्यही ढंगले अघि बढाएको उहाले बताउनुभयो । अछाम जिल्लामा आफु मातहतका सबै युनिटहरुलाई खटाएर लागुऔषध विरुद्धको महा अभियान संचालन भईरहेकाले जिल्लाका अधिकांश मेडिकलको प्रभावकारी तरिलेकाले अनुगमन गरिने उहाको भनाई रहेको छ । अनुमगन टोलीले मापदण्ड विपरित भईरहेका कार्यहरुलाई प्रकृयामा ल्याउन अनुरोध निर्देशन दिएको छ भने टोलीले दिएको आवश्यक निर्देशन आगामी दिनमा पालना नगरेको भेटिएमा थप कार्बाही गर्ने चेतावनी समेत दिएको छ । अनुगन टोलीमा अछामका प्रमुखजिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी प्रमुख नारायाण डाँगी, ससस्त्र प्रहरी प्रमुख खेमराज ठकुल्ला, सिचाई कार्यालय अछामका प्रमुख खेमराज रेग्मी पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो । अनुगमन टोलीले आगामी दिनमा जिल्लामा संचालित अन्य विकास निर्माणका कामहरुको पनि अनुगमन गर्ने जनाएको छ ।

Leave a Reply