अछाम आक्रमणको २१ बर्ष: ब्यावस्था बदलियो अवस्था बदलिएन
तारामान खड्का अछाम: अछाम आक्रमणको आज २१ बर्ष पुगेको छ । तत्कालीन बिद्रोही पक्ष माओबादी फाल्गुन ४ गते अछाम जिल्लाको सदरमुकाम र साफेबगरमा एकै पटक आक्रमण गरि ध्वस्त पारेको थियो । आक्रमणबाट तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री सहित नेपाली सेना, नेपाल प्रहरी र सर्बसाधारण गरि १ सय ४९ जनाले ज्यान गुमाएका थिए ।
५३ जना शाहि नेपाली सेना ,५९ जना प्रहरी, दुईजना निजामती कर्मचारी र ८ जना सर्वसाधारण समेत गरी जम्मा १२२ जनाको मंगलसेन र सोही रात साँफेबगरमा विमानस्थल सुरक्षार्थ खटिएका २७ जना सुरक्षा कर्मी गरि कुल १ सय ४९ जनाले ज्यान गुमाएका थिए ।आक्रमणबाट सदरमुकाम मंगलसेन र साफेबगरका सबै सरकारी कार्यलय,साफेबगर एयरपोर्ट र अछाम दरवार ध्वस्त भएका थिए ।
अछाम आक्रमणको त्यो,कहालि लाग्दो रात यसरी सम्झदा मंगलसेन र साँफेबगर बासी अझै त्रसित हुन्छन् । साँफेबगर घटनाका प्रत्यक्षदर्शी खम्म कुँवर यसरी सम्झन्छन् यो घटना हामी साँफेबगर चौकी नजिकै बस्थौ त्यो रात एक्कासि गड्यागुडुण आवाज आयो हान, हान भन्दै कोहि रुदै कराउँदै गोलि दोहोरो पड्किएका आवाज आउने हामीलाई त आजै हो अब बाचिदैन जस्तो लाग्यो, कोहि खाट मुनि कोही ढोकामा बसे, रात पनि अधिक लामो भए जस्तो लाग्यो ।बिहान हेर्दा पुरै धुवा धुवा मात्रै लास हरु यत्र तत्र बजार सुनसान । घटनाका अर्का प्रत्यक्षदर्शी अछाम दरवार नजीकै बिगत ३० बर्ष देखि ब्यापार गर्दै आएका मंगलसेनका तुलाराम भाट त्यो रातलाई कतिबेला पनी बिर्सन नस्कने बताउछन ।त्यो रात सम्झदै भाट भन्छन त्यो दिन त बाचुला जस्तो लागेको थिएन, अब त कहिल्यै मरिदैन जस्तो लाग्छ,सुरुमा सानो आवाज आयो त्यसको १५ मिनेट पछि गोली बमका आवाज मात्रै आउन थाले,त्यस्तो आवाज कहिल्यै नसुनेको,खाट हामीले त्यो रात बितायौ, बिहान उज्याले भयो, तर जलीरहेका संरचना, बारुदको मुस्लोले केही देखिएको थीएन,सेनाका हेलीकोप्टर समेत बस्न सकेनन् ३ ४ फन्को लगाएपनी बस्न नसकेपछी बजार भन्दा तल गएर बस्यो,घटना सम्झदै भाट भन्छन, रातमा त पिडा भोगीयो तर बिहान सेना आएपछि झन पीडा भोगियो,सुतेका अवस्थामा समेत सेनाले स्थानिय केही लाई मारिदियो ।
अछामका ५७ जना नागरिक बेपत्ताको सुचिमा
माओबादीले सुरु गरेको द्धोदको बेला तत्कालीन बिद्धोही माओबादी र सरकार पक्षबाट अछामका ५७ जना बेपत्ता पारिएका, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको तथाङ्कमा उल्लेख छ ।
घरका लागी सामाग्री लिन साँफेबजार गएका अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका ३ बर्दादेविका लोगे परियार कहिल्यै घर फर्किएन । २८ बर्षको उमेरमा ३ केटाकेटीलाई हुकाउने जिम्मा उनकै श्रीमती कोकीला परियारको जिम्मा आयो । श्रीमान बेपत्ता हुदा १ बर्षकी उनकी छोरी अहिले १९ बर्षकी भइसकिन ।अब उनलाई बुवा आउने आस समेत छैन। रेनुकाका दाई ५ कक्षा पढ्दै गर्दा पढ्न सक्ने अवस्था नभएर १५ बर्षकै उमेर भारत गए। उनी भन्छिन् बुवा हुनुहुन्थ्यो त दाईले भारत जानुपर्ने थिएन, दाईले हामीलाई पढाउन आफु भारत जानुभयो ।
सोहि ठाउका पदम बहादुर सेठ्ठी माओबादीले चलाएको ससस्त्र द्धोदको बेला गाउँमा बस्न नसक्ने वाताबरण नभएर रोजगारीका लागि भारत जादै गर्दा कहाँ बाट बेपत्ता भए आफन्तलाई पत्रै छैन । घरबाट भारत जान हिडेका उनी बेपत्ता बनेपछि जति खोजी गर्दा पनि परिवारले उनको न सास भेट्यो नत सास अब त परिवारले आसै मारिसकेको उनकि श्रिमति बाईट नरपता सेठ्ठीले बताईन।
ससस्त्र द्धोदको समयमा सरकार पक्ष र माओबादी पक्षबाट कुटपिट सहित बिभीन्न बाहानामा यातना पाईएको जयगढका मोहन मान बिश्वकर्माले बताए । माओवादी सरकारको र सरकार पक्षले माओवादीको सुराकी भन्दै कुटपिट गर्ने भारि बोकाउने उनि भन्छन् त्यो समय सम्झदै उनलेे भने ।
माओवादीले चलाएको १० बर्षे ससस्त्र युद्धले ब्यावस्था त बदलियो तर नागरिकको अवस्था बदिलिएन, ससस्त्र युद्धको नेतृत्व गर्नेहरुको जीवन बदलिएको अछाम बरदादेविका माओवादीबाट कुटपिट भएका देव बहादुर सेठ्ठीले बताए ।अहिले माओवादी नेताको जीवनस्तर हेर्दा लाग्छ उनिहरुले आफू खान नपाएको झोकमा ससस्त्र युद्ध चलाएको हो कि जस्तो लाग्ने गरेको छ। जनताका छोराछोरीलाई मारेर आफ्ना छोराछोरीलाई राजकीय सुखका राखेका छन ,१ राजा त फाले तर सयौं राजालाई जन्माए ।
माओबादी शान्ती प्रक्रीयामा आयर पछि आक्रमणबाट ध्वस्त भएका सबै कार्यलय निर्धारित समय भन्दा केही समय ढिलो भएपनी निमार्ण सम्पन्न भएपनी अछाम दरवार भने १४ बर्ष सम्म पटक पटक म्याद थप्दा पनि निमार्ण हुन सकेको छैन ।
आक्रमणका २१ बर्ष सम्म पुग्दा समेत अछाम जिल्लाले जुन उदेश्यका साथ आक्रमण भयो त्यो लाभ पाउन सकेको छैन ।साफेबगरमा रहेका खाद्य संस्थान,खानेपानी कृषि सामाग्रीका कार्यलय दोन्द पछि सदरमुकाम मंगलसेन सरेपछि अहिले समेत साँफेबगरमा पुन स्थापित सकेका छैनन् ।