दुर्गममा पुगेर सेवा दिने स्वास्थ्यकर्मीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ : प्रतिनिधि सभा सदस्य शाह

दुर्गममा पुगेर सेवा दिने स्वास्थ्यकर्मीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ : प्रतिनिधि सभा सदस्य शाह

अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले  दुर्गममा पुगेर सेवा दिने डाक्टर र स्वास्थ्यकर्मीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो भयो ।  आइतबार  पञ्चदेवल बिनायक नगरपालिकामा  निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उहाँले रोग लाग्न दिनुभन्दा रोग नै लाग्न नदिने गरि चेतना र स्वास्थ्य शिक्षा पुर्याउनु  आवश्यक भएको कुरामा जोड दिनुभयो ।

नागरिकको स्वास्थ्य लाइ ध्यानमा राख्दै दुर्गम ठाउँमा सेवा दिएकोमा  पन्चदेवल बिनाय्क नगरपालिका र स्वास्थ्यकर्मी हरुलाइ धन्यवाद समेत दिनुभयो ।

फाल्गुन ७ र ८ गते जिल्लाको पूर्वी भेगमा काठमाण्डौँ मेडिकल कजेलसंगको सहकार्यमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मुटुरोग, मानसिक तथा नसा रोग, हार्डजोर्नी तथा नसारोग, छाला तथा यौन रोगको उपचार निशुल्क हुनेछ । यस्तै शिबिरमा नाक, कान, घाँटी, दन्त सेवा, न्यूरो सर्जरी, मृगौला रोग, भिडियो एक्सरे, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण लगायतका सेवा दिइने नगर प्रमुख अम्बिका चलाउनेले बताउनुभयो

पञ्चदेवल विनायक नगरपालिकामा २ दिने एकीकृत निःशूल्क स्वास्थ्य शिविर विद्यामन्दिर नमुना माबीमा सञ्चालन भएको हो । शिविरमा जटिल खालका बिमारी फेला परे उसको पारिवारिक स्थिति हेरेर नगरपालिकाले काठमाण्डौ सम्म पुगाएर सल्यक्रिया समेत निःशुल्क गरिने स्वास्थ्य शाखा संयोजक तथा जनस्वास्थ्य निरीक्षक जनक बुढाले जानकारी दिए । शिविरमा सेवा लिन आउनेहरुको भिड लागेको छ ।

 

Leave a Reply