मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यका लागि : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन्।
‘अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यको लागि हो। अरु मेरो कुनै स्वार्थ छैन,’ कोइरालाले भने।
नेपाल जेसिसले काठमाडौंमा आयोजना गरेको ‘नेसनल काउन्सिलर एकेडेमी – २०२३’ को उद्घाटन समारोहलाई सम्बोधन कोइरालाले राजनीतिक स्थिरता र अवसरको अभावले युवा शक्ति विदेश पलायन भैरहेको समेत बताए। कोइरालाले युवा शक्ति पलायन हुँदा देश विकासमा कठिनाइ भएको दुखेसोसमेत पोखे।