जब मंगलसेन नगरपालिका मेयर बोहराले तरकारी र फलफुल सडकमा फालिदिए

जब मंगलसेन नगरपालिका मेयर बोहराले तरकारी र फलफुल सडकमा फालिदिए

मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले पसलमा बिक्रीको लागि राखिएका ब्यापारीको तरकारी फलफुलहरु सडकमा फालेको भिडीयो भाइरल बनेको छ   ।

नियमको पालनामा अटेर गरेको भन्दै मंगलसेन बजारमा बिगत लामो समय देखि  फलफूलको ब्यापार गर्दै आएका भोला चौधरीको पसलमा बिक्रीमा राखिएका फलफुलहरु  सडकमा फ्याकी दिएका हुन् । फलफूल बिक्री गरेर आफ्नो रोजिरोटी चलाउदै आएको भन्दै चौधरीले आफुमाथी नगर प्रमुखले अन्याय गरेको भन्दै दुख व्यक्त गरका छन् ।

यता मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले फुटपाथमा फलफुल बिक्री बितरणमा नगरले रोक लगाइ कृषि हाटबजारमा कृषि जन्य पदार्थ बिक्री बितर्ण गर्ने गरिएकोमा उनले कृषि हाटबजारमा फलफूल बिक्री नगरेर बीच बजारमा बिक्री गर्ने गरेकोले आफैले फलफूल हटाउनु परेको बताए । कृषि हाटबजारमा बिक्री बितरण गर्न नगरले पटकपटक चेतावनी दिदा पनि उनले नगरको निर्णय लाई बेवास्ता गरेकोले फलफुल तरकारी हरु सडकमा फाल्न बाध्य भएको बताए ।

नियम बिपरित भएमा कानुन बमोजिम कार्वाही गर्नुको सट्टा नगर प्रमुख बोहराको स्वयं उपस्थितमा तरकारी तथा फलफूल बीच रोडमा छरपस्ट पारेको भन्दै व्यापक आलोचना हुँदै आएको छ ।

Leave a Reply