देशभरिका देवकोटा बन्धुहरूको सहभागितामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ वैशाख १८ गते देखी २४ गते सम्म ढकारी गाउँपालिका वडा नम्बर ८ देवकोटमा भव्य महायज्ञ सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका मुख्यमन्त्री शाहले धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुदूरपश्चिम सरकार लागी रहेको बताए । अछाम जिल्ला ऐतिहासिक धार्मिक महत्त्व बोकेको ठाउँ भएकाले जिल्लाको भौतिक,आर्थिक,सामाजिक र सांस्कृतिक विकासका लागी लागी कुनै कसुर बाँकी नराख्ने धार्मिक कार्यक्रम मार्फत वचन दिएका छन् ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहेका प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले अछामको विकट क्षेत्रमा भव्य महायज्ञ कार्यक्रम गर्ने साहस गर्ने देवकोटा बन्धु परिवारलाई धन्यवाद दिएका छन् । फरक प्रसङ्गमा बोल्दै उनले वेतन कर्णाली परियोजना,चिसापानी जंगलघाट बेलखेत हुँदै हिल्सा जोड्ने राष्ट्रिय गौरवका योजनामा बेला बेला सदनमा आवाज उठाएको बताएका छन् ।अछामी जनताको जनजीविका सँग जोडिएका विभिन्न सामाजिक,धार्मिक,आर्थिक विकास र समृद्धिका लागी आफू जहिल्यै अग्रपङ्क्तिमा रहने प्रतिनिधि सभा सदस्य सांसद पुष्प बहादुर शाहले बताए ।
यसै बिच कार्यक्रममा प्रदेश सभा सदस्य मेघराज खड्का र मानबहादुर रावलले महाकवि लक्ष्मी प्रसाद देवकोटाको सालिक निर्माण गर्ने महायज्ञको उद्देश्य प्रति गर्व गरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अछाममा निर्माण हुनु भनेको समग्र अछामी साहित्यकारका लागी खुसीको कुरा भएको उनको भनाई छ ।