कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट हुँदैन: कानुनमन्त्री गुरुङ
काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गरेका छन् । गुरुङले पदभार ग्रहण गरे लगत्तै आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रकारहरुसंग कुरा गर्दै उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’ गुरुङले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए । उनले कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बुधबार गुरुङलाई मन्त्रीमा नियुक्त गर्न सिफारिस लगत्तै राष्ट्रपतिले बुधबार नै गुरुङलाई कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।