जनकपुरबाट उड्न लागेको विमानभित्र मुसा भेटियो
काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानमा मुसा देखिएको पुष्टि गरे । ४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको हो ।
काठमाडौंबाट अर्को विमानमा इन्जिनियर गएर विमानको परिक्षण गरेपछि मात्रै उडान गर्ने प्राधिकरणले जनाएको छ ।
जनकपुरस्थित बुद्ध एयरका कर्मचारी सन्दीप लामाले प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको जानकारी दिए ।
KANTIPURTV.COM बाट