ढकारी गाउँपालिकाले गर्भवती महिलालाई मासिक एक हजार पोषण भत्ता दिने
अछामको ढकारी गाउँपालिकाले गर्भवती महिलालाई मासिक भत्ता दिने भएको छ ।
गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा मासिक भत्ता दिने कुरा उल्लेख गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को साउन १ गते देखि लागु हुने गरि ढकारी गाउँपालिका भित्रका गर्भवती भएको १ महिना देखि ९ महिनासम्मका गर्भवती महिलालाई गर्भवती संग उपाध्यक्ष कार्यक्रम संचालन गरि महिनाको रू १००० एक हजार पोषण भत्ता दिने गाउँपालिका अध्यक्ष प्रकाश साउदले बताउनुभयो ।
गर्भवती महिला र पेटमा रहेको बच्चाको स्वास्थ लाई ध्यानमा राख्दै उक्त कार्यक्रम ल्याएको अध्यक्ष साउदको भनाइ छ ।
पोषण भत्ताका लागी पालिकाले बजेट बिनियोजन गरिसकेको र आवश्यक कार्यविधि बनाइ साउन महिना बाट पोषण भत्ता उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक नारायण पोखरेलले बताउनुभयो ।
गाउँपालिकाको उक्त निर्णयको सबैले प्रसंशा गरेका छन् ।