नेविसंघको असन्तुष्ट पक्षले नेताहरूलाई बुझायो ज्ञापनपत्र
नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट पक्षले नेताहरूलाई ज्ञापनपत्र बुझाएको छ। डा. शेखर कोइराला र रमेश लेखकलाई नेविसंघको आन्दोलनरत पक्षले आइतबार ज्ञापनपत्र बुझाएको हो।
गत सोमबार पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको इतिहासमै जम्बो तदर्थ समिति गठन गर्दा पनि नेविसंघमा असन्तुष्टि मत्थर भएको छैन । देउवाले नेविसंघ तदर्थ समितिमा सात सय १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
तर, इतर समूहले सहमतिअनुसार आफ्नो समूहबाट पठाइएको नाम संस्थापन समूहले मनोमानी ढंगले हटाएको आरोप लगाएका छन्। असन्तुष्ट समूहका विद्यार्थी नेताहरू बिनोद शाहीको नेतृत्वमा दिपक ओझा ,अशोक विष्ट, लगायतले नेताहरूलाई ज्ञापनपत्र बुझाएका हुन्।