पार्टी र नेतृत्वलाई झुट्टा आरोप नलगाउन कांग्रेस अछामको चेतावनी
अछाम : नेपाली कांग्रेस अछामलाई संकाका भरमा कपोकल्पित र झुट्टा आरोप नलाउन आग्रह गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस अछामले पार्टी र नेतृत्वको नाम जोडेर असत्य, भ्रामक र अतिरन्जित गरेर नलेख्न चेतावनी दिएको हो ।
अछाम जिल्ला अदालतमा चलिरहेको एक मुद्धाका बिषयमा नेपाली कांग्रेस पञ्चदेवल बिनायकका नगर सभापति सज्जन बहादुर शाही अछाम जिल्ला अदालतबाट पुर्पक्षका लागि धरौटीमा छुटेको बिषयलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रिय सदस्य सुशीला मिश्र भट्टको नाम जोडेर केहि ब्याक्तीहरुले अतिरञ्जित सामाग्री सामाजिक संजालमा राखेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेस अछामले विज्ञप्ती मार्फत जनाएको छ ।
नेपाली कांग्रेसको नाम जोडेर सामाग्री सामाजिक संजालमा भाम्रक तरिकाले लेख्ने, कमेन्ट गर्ने र लाईक गर्नेहरुका विरुद्ध कानुनी उपचार खोज्ने कार्यबाहक सभापती नयाँराम बजगाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । कांग्रेसको सांगठनिक सुदृढीकरण विशेष आन्तरिक अभियानलाई प्रभावित गर्ने गरि कुल्सित मनसायले सामाजिक संजालमा आएका मनगणन्ते धारणा आएको भन्दै कांग्रेस अछामले विज्ञप्ती मार्फत खेद व्यक्त गरेको छ ।
पार्टीको केन्द्रिय कार्यसमितिको निर्णय अनुसार देशभर सुरु भएको अभियानलाई सफल पार्न अछाम जिल्लामा आउनु भएका केन्द्रिय प्रतिनिधिलाई झुट्टा आक्षेप लगाएको भन्दै कांग्रेस अछामले आपत्ती जनाएको हो ।
न्यायपालिकाले गरेका निर्णय र आदेश प्रति सम्मान रहेको भन्दै कांग्रेस अछामले कानुनी शासनमा न्यायमुर्तिले गरेको आदेशलाई अतिरन्जित गरि समाजमा अशान्ति फैलाउने र स्वतन्त्र न्यायलयका विरुद्ध सामाजिक संजालमा भ्रम सृजना गरेर जनताका नियमित कामकारबाहीमा बाधा पुग्ने गरि राजमार्ग, सार्वजनिक कार्यालय र स्थल अवरुद्ध गर्ने कार्य नर्गन समेत अनुरोध गरेको छ ।
अदालतमा विचाराधीन मुद्धालाई प्रभावित नगरी दोषीलाई कारबाही र निर्दोष नफसुन भन्नेमा कांग्रेस दृढ़ संकल्पित रहेको भन्दै कानुनी शासनको सम्मान गर्न समेत अनुरोध गरेको छ ।
यसै बिच नेपाल बिद्यार्थी संघ अछामले समेत पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधी सुशिला मिश्र भट्टको नाम जोडर सामाजिक सञ्जालमा आएका नकरात्मक टिका टिप्पणी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले पार्टीका आन्तरिक कामको सिलसिलामा खटिएका नेता र पार्टी सभापती शेर बहादुर देउवा माथि पूर्वाग्रही ढंगले तथ्यहिन तथा झुटा आरोप लगाउने कार्य निन्दनीय भएको उल्लेख गरेको छ ।
नेपाली कांग्रेस पञ्चदेवल बिनायक नगर कार्य समिती सभापती सज्जन बहादुर शाहीलाई पुर्पक्षका लागि धरौटीमा छोडने जिल्ला अदालतको आदेशको विषय लाई लिएर अनावश्यक टिकाटिप्पणी, अराजक गतिबिधी र आन्दोलन गर्नु स्वतन्त्र न्यायलयको अवहेलना भएको जिल्ला अध्यक्ष खेमराज खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
अदालतको निर्णय बिरुद्ध आन्दोन गरि सड्क बन्द गर्नु र अराजक गतिबिधी गर्नु आम नागरिकलाई दुख
दिने काम भएको र यस्ता अराजक गतिबिधी नगर्न नेबिसंघ अछामले आग्रह समेत गरेको छ । घट्नाको बिषयलाई लिएर सिंगो कांग्रेस पार्टी र पार्टीसंग आबद्ध नेता एवंम जनप्रतिनिधीलाई समाजिक संजालमा झुट्टा आरोप लगाउने काम बन्द गर्न समेत नेविसंघले चेतावनी दिएको छ ।
नेपाल बिद्यार्थी संघ सुरुवात देखि नै उक्त घट्नामा संलग्न जोसुकै होस् दोषीलाई हदैसम्मको कारबाही र निर्दोष फस्नु हुदैँन भन्ने कुरामा दृढ छ विज्ञप्तीमा भनिएको छ ।