बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यशाला गोष्ठी बिनायकमा सम्पन्न
आस्था नेपाल वल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग सहजीकरण ,पन्चदेवल बिनायक नगरपालिकाको समन्वय र पालिका स्तरिय बाल मैत्री स्थानिय शासनको आयोजनामा बाल मैत्री स्थानीय शासन सम्बन्धि कार्यशाला गोष्ठी बिनायकमा सम्पन्न भएको छ ।
नगर उप प्रमुख तथा बाल मैत्री स्थानीय शासन समिती उप सयोजक हर्क बहादुर रावलको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा सबै वडाका वडा अध्यक्ष कार्यपालिकाका सद्स्य नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेस न्यौपाने , नगरपालिकाका बिषयगत शाखा प्रमुख ,सञ्चारकर्मी , बाल संजाल प्रतिनिधि ,आस्था नेपालका सामजिक परिचालक जीवन नेपाली लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाल मैत्री स्थानिय शासन , बाल मैत्री स्थानिय शासनका सुचक ,बाल मैत्री स्थानिय शासन घोषणा कार्यबिधी २०७९ को गरिएको ब्यवस्था लगायतका बारेमा छलफल गरिएको थियो ।
पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ लाई यसै बर्ष बाल मैत्री वडा घोषणा गरिने भएको छ ।
पन्चदेवल बिनायक नगरपालिका सामाजिक बिकास संयोजक एवं वडा नम्बर १ का अध्यक्ष दुर्गा प्रसाद तिमिल्सैनाले बाल मैत्री स्थानीय शासन लाई सबै सरोकारवालाले आफु संगै गाउँ समाजमा कार्यान्वयन गर्नुपर्ने बताए ।
कार्यक्रमको सन्चालन तथा सहजीकरण अस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले गर्नु भएको थियो ।