जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा भएका दुई प्रशासकिय अधिकृत सिंहदरबार भित्रै हराए
सुशील भण्डारी ,अछाम : २०८० असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत राम प्रसाद शर्मा र यादब भण्डारीलाई जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा गर्यो।
प्रशासकीय अधिकृत भण्डारी र शर्मा सरुवा भएको महिनौं पुग्दा समेत पनि जिल्ला प्रशासन कार्यालय अछाममा नआएर सिंहदरबार बाटै हराएका छन् । गृहमन्त्रालयले प्रशासकीय अधिकृत द्धय भण्डारी र शर्मालाई जिल्ला प्रशासन कार्यालय अछाम सरुवा गरेपछि उनिहरु पहुँचको भरमा सिंहदरवार बाट दुर्गम जिल्ला आउन मानेनन् । पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न ।
शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा अखडा जमाएर बसेका कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड लाग्ने गरेको छ । वर्षौसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा देखिने गरेको पाईन्छ । सरुवा भएको ठाउँमा नआईदिदा त्यस क्षेत्रका नागरिकहरुले आफुले प्राप्त गर्ने सेवा सुविधामा समस्या हुदै आएको छ ।
अहिले जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको प्रमुख जिल्ला अधिकारीे शरद कुमार पोखरेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा अछाममा दरबन्दी बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी बिगत देखि अहिलेसम्म पनि कार्यरत छैनन् भने बिगत तीन महिना देखी प्रशासकिय अधिकृत समेत नहुदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दुई वटा प्रशासकीय अधिकृतको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय अछाममा जेठ १ गते प्रशासकीय अधिकृत मिनराज आचार्यको सरुवा भएपछि आचार्य जेठ २८ गते आफ्नो सरुवा भएको ठाउँ त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालय काठमाडौं जानुभयो । काजको रूपमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा जेठ २८ गते देखि असार ८ गतेसम्म कामकाज गरेर अछाम प्रशासन बाट फर्किनु भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाजुराका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेना असार १० गते बाट साउन १ गतेसम्म कामकाज गरेर बाजुरा फर्के पछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय साउन ३ गते देखि काजको रूपमा जिल्ला प्रशासन कार्यालयमा काम गरेर साउन ३२ गते जिल्ला प्रशासन कार्यालय डोटी फर्किनुभएको छ । कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी मध्ये १० जना कर्मचारी रिक्त छन् । दरबन्दी अनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी , दुइजना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा १ जना मात्रै छन् भने ३ जना खरिदारको दरबन्दीमा २ जना र २ जना कम्प्युटर अपरेटरको दरबन्दीमा करारमा कर्मचारी काम गरिरहेका छन् । यो भन्दा पहिले कार्यरत दुई जना प्रशासकीय अधिकृत मध्ये एक दिपेश रिजालको २०७९ माघ ४ गते र मिनराज आचार्यको जेठ १ गते सरुवा भएको थियो । सरुवा पश्चात् उनिहरु सम्बन्धि कार्यालयमा गइसकेकाछन ।