मन्त्री साउदले जनतालाई झुक्याए: अछाम अस्पतालको सेवा प्रभावित बनाइ डाक्टर बयालपाटा पठाए

मन्त्री साउदले जनतालाई झुक्याए: अछाम अस्पतालको सेवा प्रभावित बनाइ डाक्टर बयालपाटा पठाए

अछाम : सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले अछामी जनतालाई झुक्याएका छन् ।

न्याय हेल्थ नामक गैरसरकारी संस्था र सुदुरपश्चीम सरकारद्वारा सञ्चालित बयालपाटा अस्पताल आर्थिक संकटमा भएपछी सोही कारण अस्पतालमा कार्यरत शल्यक्रियामार्फत प्रसूति गर्ने एमडीजीपी डाक्टरले जागिर छोडेपछि सेवा बन्द भएको थियोे।

प्रसुती सेवा बन्द भएपछि दुई दिनभित्र डाक्टरको व्यवस्था गर्ने आश्वासन दिएका मन्त्री साउदले उनकै निर्देशनमा जिल्ला अस्पताल अछाममा कार्यरत डाक्टर अतुल भारद्वाजलाई १ महिनाका लागि काजमा बयालपाटा अस्पतालमा पठाएर अछामि जनताका आखामा छारो हाल्ने काम गरेका छन् । अछामी जनताले बयालपाटा अस्पतालमा नयाँ चिकित्सक आउछ भनेर सोचेका थिए तर जिल्ला अस्पताल अछामको सेवा प्रभावित हुने गरि डाक्टर बयालपाटा पठाएपछी चौतर्फी मन्त्री साउदको बिरोध भइरहेको छ ।

यसेै बिषयलाई लिएर मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराको सचिवालयले मन्त्री साउदले लाज कटाउन जिल्ला अस्पतालका डाक्टर बयालपाटा अस्पताल पठाएको बताएको छ।

मेयरको सचिवालय लेख्छ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले आफ्नो लाज कटाउन जिल्ला अस्पताल अछामका डाक्टर बयालपाटा अस्पतालमा पठाउनु भए छ, यो भन्दा गैरजिम्मेवारी काम के होला ?? जिल्ला बासीले त अन्य क्षेत्र बाट मन्त्री ज्यू ले डाक्टर पठाउनुहुन्छ भन्ने आश गरेका थिए धन्य हो मन्त्री ज्यू जिल्ला अस्पताल अछामलाई तपाईंले धेरै ठुलो उपहार दिनुभयो, बयालपाटा अस्पताललाई आवश्यक बजेट दिनुहोस जिल्ला अस्पताल माथिको अन्याय बन्द गर्नुहोस मन्त्री ज्यू नत्र भने यसको परिणम राम्रो हुनेवाला छैन । 

मन्त्री साउद कै पार्टी नेकपा माओवादीको विद्यार्थी संगठनका अछामका अध्यक्ष लालबहादुर साउदले पनि मन्त्रीले गरेको सो कार्यको बिरोध गरेकाछन ।

उनले सामाजिक संजालमा यस्तो लेखेका छन् :

Leave a Reply