रामारोशनका बजार क्षेत्रमा प्रशासनको अनुगमन, म्याद नाघेका उपभोग्य वस्तु बरामद
अछाम : रामारोशन गाउँपालिकाको मुख्य ब्यापारीक केन्द्र मुजाबगरमा बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा रामारोशन गाउँपालिका उपाध्यक्षको नेतृत्वमा
मुजाबगरका विभिन्न पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलबाट म्याद नाघेका बदाम ,जुस,टमाटर सस,पानीपुरी मसला लगायतका सामाग्री बरामद गरि नस्ट गरिएको थियो ।
जिल्लामा कहीँ कतै उपभोक्ताको हित हनन् हुने कार्य भए/गरेको पाइएमा वा प्रचलित कानुन विपरीत व्यापार व्यवसाय गरेको जानकारी पाइएमा कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको प्रशासकीय अधिकृत सन्तोष बिकले बताए ।
अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष बिक,घरेलु तथा साना उधोग कार्यालयका प्रमुख भिम बहादुर सिंह ,वडा नम्बर ३ का वडा अध्यक्ष गणेश बहादुर साउद,जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा जिबराज उपाध्याय ,रामारोशन गाउँपालिका लेखा शाखा प्रमुख बिबेक तिमिल्सैना लगायतको उपस्थित रहेको थियो ।