गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जिपि कोइराला फाउन्डेसन अछामद्वारा फलफूल वितरण

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जिपि कोइराला फाउन्डेसन अछामद्वारा फलफूल वितरण

अछाम : पूर्व प्रधानमन्त्री एवं  नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा जिपि कोइराला फाउन्डेसन अछामले जिल्ला अस्पताल अछाममा बिरामीलाई फलफूल वितरण गरेको  छ ।

नेपालको राजनितीका शिखर पुरूष स्वर्गीय कोइरालाको सम्झनामा अस्पतालमा फलफुल वितरण गर्नुका साथै बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिएको अछाम शाखाका अध्यक्ष यज्ञराज ढुंगानाले बताए । फाउन्डेसनले हरेक बेलाबखतमा रचनात्मक कार्य हरु गर्दै आइरहेको छ ।

फलफुल बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेशका सहमहामन्त्री एवं पन्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउने ,काङ्ग्रेस अछामका पुर्व सभापति भरत कुमार स्वार,पार्टी उपसभापति नयाँ बजगाइ,महासमिति सदस्य बलबहादुर कुवर,पदमराज अधिकारी ,जिल्ला सहसचिव गोबिन्द बिष्ट ,महाधिवेशन प्रतिनिधि रामबहादुर शाही ,नेपाली काङ्ग्रेस अछामका क्षेत्रीय सभापति पुष्पराज शर्मा ,पुर्व सभापति लक्ष्मण शाह,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशील भण्डारी ,निजामती कर्मचारी युनियन अछामका अध्यक्ष झपट राज ढुंगाना ,नेपाली काङ्ग्रेसका नेता कम्मान सिंह नगार्जी,राजेश बाबु बोगटी ,राजेश भाट लगायतको उपस्थित रहेको फाउन्डेसनका सचिव कृष्ण कुवरले जानकारी दिए ।

 

 

Leave a Reply