काङ्ग्रेस नेता शाही लाई हुम्लामा भब्य स्वागत ,कर्णालीका कांग्रेसका दशवटै जिल्लालाई युवा नेता शाहीको धन्यवाद।

काङ्ग्रेस नेता शाही लाई हुम्लामा भब्य स्वागत ,कर्णालीका कांग्रेसका दशवटै जिल्लालाई युवा नेता शाहीको धन्यवाद।

हुम्ला : नेपाली कांग्रेस संगठन सुदृढ यात्रा सल्यानको कपुरकोट देखी हुम्ला सिमिकोटको क्रममा हुम्लाको सिमिकोटमा मंगलबार बृहत् कार्यक्रम गरेर सम्पन्न भएको छ।

सुदृढ अभियानका संयोजक एवं कर्णाली प्रदेश सभापतिका प्रत्यासी भुपेन्द्रजंग शाहीले सल्यानको कपुरकोट देखी यात्रा संचालन गरेका थिए।
शाहीले पहिलो चरणमा सल्यान,रुकुम,डोल्पा र जाजरकोट र दैलेखको सदरमुकाममा कार्यक्रम गरेर सकाएका थिए।

कर्णालीको प्रदेश राजधानी सुर्खेतमा भेटघाट तथा छलफल कार्यक्रम राखेर पत्रकार भेटघाट गरेका शाहीले दोस्रो चरणमा दैलेखको दुल्लु हुँदै कालिकोट,जुम्ला र मुगु जिल्लामा जिल्लाका नेताकार्यकर्ताले भब्य कार्यक्रम गर्दै सम्पन्न भएको थियो। शाही बिगत तीन महिना देखी कर्णालीक विभिन्न भुभगहरुमा भेटघाट गरिरहेका छन।

त्यसैक्रममा संगठन सुदृढ यात्रा हुम्लाको सिमिकोटमा गर्ने केही प्राविधिक कारणले रोकिएको थियो। सोही यात्रालाई समापन संगै कार्यक्रमको लागी युवा नेता शाही यतिबेला हुम्लाको सिमिकोट पुगेका हुन् ।
यतिबेला पार्टीमा कुनैपनि सांगठनिक तथा अन्य केहि कार्यक्रम भईरहेको अबस्थामा कर्णाली संगठन निकै न कमजोर छ यो अबस्थामा संगठनलाई थप चलायमान,मजबुत र जनता र नेता संग साक्षात्कार गरि संगठन सुदृढ बनाउने र अर्को पटक कर्णाली प्रदेश सरकारलाई कसरी कांग्रेसको बहुमत ल्याउन सक्ने भन्नेकुरामा आफु केन्द्रित भई संगठन सुदृढ गर्ने यात्राको मुख्य उदेश्य रहेको शाहीले बताए।
आज हुम्लामा कार्यक्रम औपचारिक रुपमा सकिएको बताउदै दश वटै जिल्लाका सम्पुर्ण नेता तथा कांग्रेस शुभेच्छुकहरुलाई कांग्रेस नेता शाहीले धन्यवाद प्रकट गरेका छन।

Leave a Reply