आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री बितरण

आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री बितरण

अछाम : कमलबजार नगरपालिका वार्ड नम्बर ६ बिरपथ हात्तिबाझका कमल शाहीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री बितरण गरेका छन् ।

श्री कात्यायनी माबीमा अध्यनरत गरिब ,असहाय ,टुहुरा,विपन्न  बालबालिकाहरुलाई आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्री बितरण गरेका हुन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा उक्त रकम  सामाजिक कार्यमा खर्च गर्ने उदेश्यले बिद्यार्थी हरुलाइ शैक्षिक सामग्री बितरण गरेको शाहीले बताए ।

शाहीले अटो रिक्सा संचालन गरी  गैरिटाड – बेलखेत, गैरिटाड – मङ्गलसेन र गैरिटाड – कमलबजार सम्मका यात्रुहरुलाई निरन्त रुपमा सेवा दिइरहेका छन् ।

कार्यक्रममा कमलबजार नगरपालिका वार्ड न. -६ का वार्ड अध्यक्ष लाल बहादुर शाह लगायतको उपस्थित रहेको थियो ।

 

Leave a Reply