जिल्ला प्रहरी कार्यालय अछामकाे नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय अछामकाे नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

अछाम : नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी अन्तर्गत  जिल्ला प्रहरी कार्यालय अछामले नागरिक सुनुवाई कार्यक्रम  गरेको छ ।

सुनुवाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराइएको थियो ।

गुनासो व्यवस्थापनका लागि अछाम प्रहरी कार्यालयले प्रदान गर्दै आएको सेवा  प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कानसहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

नागरिक सुनुवाई कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने भएकाले नागरिक सुनुवाई कार्यक्रम मार्फत आएको गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने पाठकले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए । नागरिकको गुनासोलाई सम्बोधन हुने गरी अछाम  प्रशासनले काम गर्ने प्रजिअ लम्सालले बताए ।उनले आफू अछामी जनता लाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न र नागरिकलाइ  शान्ति सुरक्षा प्रत्याभूति दिलाउन सधैं  कट्टीबद्द रहने बताए ।

जिल्ला समन्वय समितीका प्रमुख ललित बहादुर कुवरले सुरक्षित समाजको जिम्मेवारी प्रहरीको मात्रै नभई सबै आम नागरिकको भएकोले सभ्य समाज निर्माणमा सबै एकताबद्ध तरिकाले जुट्नु पर्ने बताए ।

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले  जनताको गुनासो सुनेर स्थानीय सरकार र प्रहरी प्रशासनले छिटो छरितो रुपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्ने सरोकारवाला हरुले अछाम जिल्लामा लागु पदार्थ ओसारपसार तथा दुर्ब्यसनिका घटना बढीरहेकोले यस तर्फ प्रहरी प्रशासनले निगरानी बढाउनु पर्ने बताएका थिए । बिद्यालय तहदेखि नै बिधार्थीहरु कुलतमा फस्दा त्यसले   बिकराल रुप लिएकोले यस क्षेत्रका ठुलो संख्यामा युवा पुस्ता नै लागुऔषधको दलदलमा फस्दा यसको नियन्त्रण गम्भिर र चुनौतिको बिषय बनेको सरोकारवालाको भनाइ थियो ।

Leave a Reply