१० औं अन्तराष्ट्रिय योग दिवस अछाममा पनि मनाइयो

१० औं अन्तराष्ट्रिय योग दिवस अछाममा पनि मनाइयो

अछाम : आफू र समाजका लागि योग, भन्ने नारा सहित १० औं राष्ट्रिय  योग दिवस अछाममा पनि मनाईएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मंगलसेनको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले  गर्नुभएको थियो भने जिल्ला समन्वय समिती अछामका प्रमुख ललीत बहादुर कुवँर प्रमुख अथिती रहनु भएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा भएको कार्यक्रमा जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्रका योग प्रशिक्षक रुपेन्द्र बुढा र पतन्जली योग समितिका योग प्रशिक्षक गिता हमालले योग अभ्यास गराउनुका साथै योगको बारेमा जानकारी गराउनु भएको थियो ।

जिल्ला समन्वय समिती अछामका प्रमुख ललीत बहादुर कुवँरले स्वास्थ्यसबै भन्दा ठुलो धन भएकाले स्वाथ्यका लागी योग लाभदायीक रहेको बताए । उहाँले यो दिवसको रुपमा एकदिन मात्रै नमनाएर दैनिक जिवनसँग जोडि कक्षाका रुपान संचालन गर्नुपर्ने बताए ।

अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले  योग मानिसलाई मानसिक र शारिरीक रुपमा तन्दुस्त राख्ने भएकाले मानीसले दैनीक जिवन र सामाजिकबाट सक्रियता प्राप्त गर्न सक्ने बताए ।  योगलाई दैनिकीजिवनका रुपमा अवलकन गर्न सके आर्थिकभार, मनसिक तनाव र शाररिकभारबाट मुक्त हुन सकिने उनको भनाइ छ ।

योगले एकातिर मानीसलाई निरोगी बनाउन मद्यत गर्ने र दिमागमा भएका भाईरस तथा नराम्रा कुरा हटाई मानीसलाई अनुशासित बनाउनमा ठुलो टेवा पुग्ने लम्सालले बताए  ।

योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्रका बैध  खडक  बमले बताए । योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रिय हुनुकासाथै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ भने नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका उनले बताए ।

कार्यक्रममा जिल्ला स्थीत विभिन्न कार्यालयका प्रमुख तथा प्रतीनीधी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतीनीधी, कर्मचारी,पत्रकार लगायतको उपस्तीथी रहेको थियो ।

Leave a Reply