अछामका प्रहरी प्रमुख पाठकको फेरि भेटौला कार्यक्रम सम्पन्न

अछामका प्रहरी प्रमुख पाठकको फेरि भेटौला कार्यक्रम सम्पन्न

अछाम : जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

कर्मचारी संगम अछामका अध्यक्ष झनक ढुंगानाको अध्यक्षतामा भएको  कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक पाठकले अछाम जिल्लामा १ वर्षको अवधीमा विभिन्न क्षेत्रबाट  सहयोग गर्नुहुने सम्पुर्ण लाई धन्यवाद ज्ञापन गरे ।

अछाम जिल्लामा रहदा  आफुले अछाम बासिका लागी स्मरण हुने खालका रचनात्मक कामहरु गरेको बताए ।

पाठकलाइ फुल माला, अबिर दोसल्ला ओढाइ र मायाको चिनो प्रदान गरि फेरि भेटौला बिदाई कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अछाममा कार्यरत रहँदा कार्यकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना व्यक्त गरे ।

शालीन र भद्र स्वभावका पाठकले नागरिकको सेवामा अहोरात्र खटिएर अछामका नागरिक शान्ति सुरक्षा र अपराध अनुसन्धानमा महत्वोपुर्ण भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर,गोरख बक्स गण अछामका गणपति जनक सिलवाल ,सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपति धनसिंह धामी ,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत डिलबहादुर चौधरी लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन संगमका सचिव बिनोद खनालल गरेका थिए । प्रहरी नायब उपरीक्षक पाठकको काठमाडौं हेडक्वाटरमा काज सरुवा भएको छ भने अछाममा प्रहरी प्रमुखको रुपमा प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारी आउने भएका छन् ।

Leave a Reply