अछाम प्रशासन कार्यालयभित्र सेवाग्राही स्वास्थ्य परिक्षण कक्ष संचालन

अछाम प्रशासन कार्यालयभित्र सेवाग्राही स्वास्थ्य परिक्षण कक्ष संचालन

सुशील भण्डारी,अछाम : जिल्ला प्रशासन कार्यालय अछामले सेवाग्राही स्वास्थ्य परिक्षण कक्ष स्थापना गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवा ग्राहिको स्वास्थ्य लाई मध्यनजर गर्दै आइतबार प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्ष उद्घाटन गरेका हुन् ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ लम्सालले बताए ।

यस कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक भएको महसुस गरेको उनले बताए । यो कार्यक्रम अन्तर्गत  लैंगिक  हिंसा, बालविवाह र लागुऔषध दुर्व्यसन लगायत समस्या न्यूनीकरण गर्ने विषयमा समेत सेवाग्राहीसँग छलफल गरिरहेको लम्सालले  जानकारी दिए ।

कार्यक्रम प्रभावकारी बन्दै गएको बेलामा सेवाग्राहीहरूको स्वास्थ्यलाई समेत ध्यानमा राखेर निरन्तर सेवा दिने गरी सेवाग्राही स्वास्थ्य परीक्षण गरिने भएको हो ।

प्रशासनमा सेवा लिन आएकी ८४ वर्षकि काली कुवरको स्वास्थ्य जाँच गरेर अभियानको सुभारम्भ गरिएको हो ।

सेवा लिन आएका सेवाग्राहिलाइ न्युनतम चेकजाँच सहित औषधि उपचार गरिने र सोमबार बाट निरन्तर सुगर परिक्षण समेत गरिने जिल्ला स्वास्थ कार्यालय अछामका प्रमुख झनक राज ढुंगानाले बताए ।

सेवाग्राहीको स्वास्थ्य जाचका लागि जिल्ला स्वास्थ्य कार्यालय अछाम,जिल्ला अस्पताल  , मंगलसेन नगरपालिका लगायतका स्थानीय तहबाट प्राविधिक सहयोग जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

Leave a Reply