आइएमई लाइफ इन्स्योरेन्स अछाम उपशाखाद्वारा ११ लाख ४८ हजारको बीमा दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स अछाम उपशाखाद्वारा ११ लाख ४८ हजारको बीमा दावी भुक्तानी

अछाम : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीको अछाम उपशाखाले घातक रोग बीमा दाबी वापत कम्पनीमा जीवन बिमा गरेका बिमित पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर का  ३ का स्वर्गीय भावना कुमारी शर्माको क्यान्सर रोगबाट मृत्यु भएपछि इच्छाएका ब्याक्ति उनका  श्रीमान माधव प्रसाद अधिकारी  लाई ११ लाख ४८ हजार  रूपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

मृत्यु दाबी भुक्तानीको चेक पन्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीका एरिया प्रमुख हुकुम बहादुर डाङीले हस्तान्तरण गरेका थिए । स्वर्गीय  शर्माले प्रती वर्ष ६९ हजारका दरले तीन वर्षमा दुई लाख सात हजार प्रिमियम बुझाएकि थिइन ।

बीमा रकम बुझेपछि अधिकारीले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिना झनझट छोटो समयमा मृत्युु दाबी  बाफतको रकम भुक्तानी गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा जिवन बिमा गर्नुका फाइदाका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा पन्चदेवल बिनायक नगरपालिका उपप्रमुख हर्क बहादुर रावल ,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्व सापकोटा ,आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अछाम शाखा प्रमुख शिसम खड्का लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply