अछामको बुढीगंगा नदिमा एक बेवारिसे शव भेटियो

अछामको बुढीगंगा नदिमा एक बेवारिसे शव भेटियो

अछाम:बुढीगंगा नदिमा एक बेवारिसे शव भेटिएको छ। मंगलबार बिहान साँफेबगर नगरपालिका ७ रिडिकोटको कोट सिमलमा बुढीगंगा नदिको किनारामा गलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रशाद भण्डारीले जानकारी दिए ।

प्रनाउ भण्डारीका अनुसार उक बेवारिसे शव सडेको अवस्था रहेको अछाम जिल्लामा हराएको भनेर अहिलेसम्म कुनै जानकारी नआएकाले माथिल्लो क्षेत्रबाट नदिले बगाएर ल्याएको हुन सक्ने बताए ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भईरहेको र  शवको पहिचानका लागि बाजुरा प्रहरी सँग कोहि बेपत्ता भएको भए बुझेर खवर गर्न आग्रह गरिएको प्रहरी प्रमुख भण्डारीले बताए ।

Leave a Reply