अछाममा जंगली जनावरको आक्रमणबाट मृत्युभएका परिवारलाई १० लाख राहत

अछाममा जंगली जनावरको आक्रमणबाट मृत्युभएका परिवारलाई १० लाख राहत
सुशील भण्डारी,अछाम : अछाम जिल्लामा जङ्गली जनावर बदेलको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरिएको  छ ।
तुर्माखाद गाउँपालिका–३ का २९ वर्षकि दिला देवी वयकको
२०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जंगली जनावर बदेलको आक्रमण बाट मृत्यु भएको थियो ।
 बुधबार एक कार्यक्रमका बीच मृतक बयकका श्रीमान बलबहादुर बयकलाई १० लाखको चेक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र  डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्यायले हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले राज्यले राहत स्वरुप दिएको रकमको सहि सदुपयोग गर्नुपर्ने बताए ।
अछाममा जंगली जनावरले गरेको क्षति बापत पीडितले ६७ लाख रकम पाउनुपर्ने छ । जंगली जनावरको आक्रमण बाट मृत्यु भएका १ जना र घाइते ११ जनालाइ  यो आर्थिक वर्षमा  १६ लाख राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले बताए । अन्य घाइते ,मृतक र जंगली जनावरले क्षति पुर्याएका किसानहरुको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने पाध्याले बताए ।
 अन्नबालीमा  ४१३ जना  किसानको १७ लाख ६४ हजार ८ सय,पशुधनतर्फ ७७ जना किसानको २८ लाख रकम पाउन बाकी छ । आर्थिक वर्ष २०७८/७९ देखी हालसम्म जंगली जनावरको आक्रमण बाट अछाममा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

Leave a Reply