नेपाल मोबाइल व्यवसायी महासंघ अछामद्वा बिरामी हरुलाइ फलफूल बितरण

नेपाल मोबाइल व्यवसायी महासंघ अछामद्वा बिरामी हरुलाइ फलफूल बितरण

अछाम : नेपाल मोबाइल व्यवसायी महासंघ अछामले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा बिरामी हरुलाइ फलफूल बितरण गरेको छ ।

मोबाइल व्यवसायी महासंघ अछामका अध्यक्ष मीन बहादुर बोगटीको नेतृत्वमा जिल्ला अस्पताल अछाममा बिरामी हरुलाइ फलफुल बितरण गरिएको हो । टोलिले बिरामी हरुको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिएको अध्यक्ष बोगटीले बताए ।

आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल अछामका बिरामी हरुलाइ फलफुल बितरण गरेर रचनात्मक एवं परोपकारी कार्य गरेको भन्दै जिल्ला अस्पताल अछामका निमित्त प्रमुख रबि यादवले धन्यवाद समेत दिए ।

स्थापना दिवसकै अवसरमा आज महासंघले सचिवालयमा दिप प्रज्वलन समेत गर्ने महासंघका सदस्य दिलिप भाटले जानकारी दिए ।

 

 

Leave a Reply