इलाका प्रहरी कार्यालय कमलबजार अछामको भवन उद्धाटन

इलाका प्रहरी कार्यालय कमलबजार अछामको भवन उद्धाटन

अछाम :  जिल्लाको कमलबजार नगरपापालिका वडा नं .१ स्थित इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्धाटन गरिएको छ ।

सोमबार  एक कार्यक्रमका विच सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले उद्धाटन गर्नु भएको हो ।

सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बिनियोजित पाँच  करोड एघार लाख एघार हजार तिन सय उन्सत्तरी रुपैंया लागतमा निमार्ण कार्य सम्पन्न भएको छ ।

गत २०८० असार २२ गते शिलान्यास भएको भवनको साउँद दिब्य ज्योती जेभी धनगढी कैलालीले ठेक्का लिएको थियो । ठेक्का अवधिको २ महिना बाँकी रहदै गत महिना जेष्ठ ०४ गतेनै निर्माण कार्य सम्पन्न भएको थियो ।  भवन उद्धाटन कार्यक्रममा कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल ,पन्चदेवल बिनायक नगरपालिका प्रमुख अम्बिका चलाउने ,उप प्रमुख शारदा कुवर, हर्क रावल ,तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बिसि,ढकारी गाउँपालिका उपाध्यक्ष  नेत्रकला देबि शाही

अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल ,गोरख बक्स गण अछामका गणपति  जनक सिलवाल ,जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी  नायब उपरीक्षक इश्वरी  भण्डारी  , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, जग्गादाता, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply