गंगा माध्यामिक विद्यालयमा वृक्षारोपण

गंगा माध्यामिक विद्यालयमा वृक्षारोपण

अछाम : मंगलसेन नगरपालिका वडा नम्बर  ६ मा रहेको गंगा माध्यामिक विद्यालयमा वृक्षारोपण गरिएको छ ।

वाक नेपाल पावर परियोजनाले बिरुवाहरु उपलब्ध गराएपछि विद्यालयको परिसरमा वृक्षारोपण गरिएको हो । सोमबार एक कार्यक्रममा विच विभिन्न जातका ४० वटा बिरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक मोतीराम भण्डारीले बताउनुभयो ।

बोट बिरुवा रोपेपछि विद्यालयको वातावरण हरियाली देखिने र केही विरुवाट राम्रो फल र घाँस समेत हुने भएकाले वस्तुभाउको लागि पनि राम्रो हुने प्रधानाध्यापक भण्डारीको भनाई छ ।

विद्यालयको परिसरमा रोपण गरिएको बिरुवाको संरक्षणका लागि घेराबारको समेत व्यवस्थापन गरिने उहाको भनाई थियो । वृक्षारोपण कार्यक्रममा बोल्दै वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले बर्षेनी बिरुवाहरु रोपण गरिने तर त्यसको संरक्षणमा ध्यान नदिइदा बिरुवा मरेर जाने भएकाले विद्यालयमा रोपण गरिएका बिरुवाको संरक्षणका लागि विद्यालयले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । बृक्षारोपण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थि र अभिभावकहरुको सहभागिता रहेको वाक नेपाल पावर परियोजनाका फिल्ड अधिकृत सुजाता लामा सोडारीले जानकारी दिनुभएको छ ।

Leave a Reply