सुजाताको समर्थनपछि शेखर कोइराला भन्छन्- एकताबद्ध भएर अघि बढ्छौँ

सुजाताको समर्थनपछि शेखर कोइराला भन्छन्- एकताबद्ध भएर अघि बढ्छौँ

काठमाडौं :  नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन्  ।

शुक्रबार बालुवाटारस्थीत शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफूभित्र कुनै विवाद नरहेको भन्दै आगामी आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन्  ।

पार्टीका अग्रज आफ्ना परिवारहरूले देखेको सपना पुरा गर्ने नेतृत्वदायी भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुनै पनि उल्लेख गरिन् ।

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले विगतमा केही तलमाथि भए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुन एकताबद्ध भएर अघि बढ्ने धारणा राखे ।

उनले आगामी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासमक्ष आग्रह गरे।

Leave a Reply