अछाममा लागु औषध कारोबारमा संलग्न श्रीमान श्रीमति पक्राउ 

अछाममा लागु औषध कारोबारमा संलग्न श्रीमान श्रीमति पक्राउ 
अछाम : अछाम सदरमुकाम मंगलसेन बाट  लागू औषध कारोवारमा संलग्न  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 विशेष सूचनाको आधारमा मंगलसेन नगरपालिका -५ स्थित मंगलसेन बजारमा जिल्ला प्रहरी कार्यालय अछाम बाट खटिएको प्रहरीको टोलिले कैलाली जिल्लाको कैलारी गाउँपालिका -७ स्थायी ठेगाना भई हाल मंगलसेन नगरपालिका -५ मा आफ्नो ससुरालीको घरमा बस्दै आएका ३० बर्षिय प्रकाश बोहरा र उनको   श्रीमती २९ वर्षकी कल्पना भण्डारी लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
 शंकास्पद रुपमा हिडडुल गरिरहेका अवस्थामा खानतलासी गर्दा निजहरुको साथमा रहेको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३८० मिलि ग्राम बरामद गरिएको हो । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको अछाम प्रनाउ भण्डारीले बताए ।
पक्राउ परेकी  कल्पना भण्डारी यो भन्दा पहिले पनि लागु औषध कारोबारमा पक्राउ परि धरौटीमा छुटेकी थिइन।

Leave a Reply