राजनीतिक भेटघाटका लागि कांग्रेस नेता शाही सिङ्गापुर र मलेसिया जाँदै

राजनीतिक भेटघाटका लागि कांग्रेस नेता शाही सिङ्गापुर र मलेसिया जाँदै

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भूपेन्द्रजंग शाही राजनीतिक भेटघाटका लागि सिङ्गापुर हुँदै मलेसिया जानुहुँने भएको छ ।

नेता शाहीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू यहीँ साउन २० गते सिङ्गापुर हुँदै मलेसिया जाने जानकारी गराउनु भएको हो ।

एकहप्ताको बसाइँका क्रममा उहाँले त्यहाँ रहेका नेपालीहरुसँग राजनीतिक भेटघाटसमेत गर्नुहुने जनाइएको छ ।

केही समय पहिले शाही सल्यान कपुरकोटदेखि हुम्ला सिमकोटसम्म संगठन सुदृढीकरणको लागि कर्णालीका दस जिल्ला पुग्नुभएको थियो ।

संगठन सुदृढीकरण र गृह जिल्लामा राजनीतिक भेटघाट सकेर संघीय राजधानी काठमाडौं फर्किनु भएका शाही त्यस लगत्तै आफू सामाजिक, राजनीतिक र पारिवारिक भेटघाटका लागि सिङ्गापुर हुँदै मलेसिया जाने जानकारी दिनुभएको हो ।

Leave a Reply