अछाममा अटोरिक्सा दुर्घटना हुँदा दुईजना घाइते

अछाममा अटोरिक्सा दुर्घटना हुँदा दुईजना घाइते

अछाम : बिनायकबाट गैरिटाड आउदै गरेको अटोरिक्सा दुर्घटना हुँदा दुईजना घाइते भएकाछन ।

आइतबार दिउँसो मध्यपहाडी लोकमार्ग अन्तर्गत बिनायकबाट गैरीटाँड तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ह. ६२५४ नं. को अटो अनियन्त्रित भई कमलबजार नगरपालिका ५ किर्तिपुरमा सडकको नालीमा पल्टिदा मंगलसैन न.पा. १२ चिउरी बस्ने बर्ष ३१ का  प्रकाश बि.क. सोही ठाँउका  बर्ष २६ का जिवन बि.क. घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो।घाइतेको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

अटो चालक मंगलसैन न.पा. १२ चिउरी बस्ने बर्ष  २२ का कमल टमटा प्रहरी नियन्त्रणमा रहेका छन् ।

Leave a Reply