कांग्रेस मधेश प्रदेशको विवाद चरम उत्कर्षमा, संसदीय दलको नेता परिर्वतनको सम्भावना

कांग्रेस मधेश प्रदेशको विवाद चरम उत्कर्षमा, संसदीय दलको नेता परिर्वतनको सम्भावना

नेपाली कांग्रेस मधेश प्रदेशको विवाद हाल चरम उत्कर्षमा पुगेको छ। प्रदेश कार्यसमिति सभापति कृष्ण प्रसाद यादव र उपसभापति वीरेन्द्र प्रसाद सिंहबीचको मतभेदले उग्र रूप लिएको छ, जसले पार्टीभित्रको तनावलाई गहिरो बनाएको छ।

हाल आएर सतहमा देखिएपनि दुई बीच लामो समय देखि अन्तर द्वन्द भने चलिनै रहेको थियो । दुवै नेताहरूबीचको विवादले स्वास्थ्य मन्त्री हुँदा देखिएको मतभेदबाट सुरु भएको हो, जब स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रमुखको नियुक्तिमा विवाद उत्पन्न भएको थियो। हाल, राज्य मन्त्रीको नियुक्तिमा कुनै पनि छलफल नगरी आर्थिक चलखेल गरेको आरोप सभापति यादवमाथि लगाइएको छ। कुनै पनि राजनैतिक पृष्ठभुमि नभएको व्यक्ति रेखा ठाकुर र निलम कुमारी रजकलाई आर्थिक लेनदेनमै समानुपातिक सांसद र आर्थिक लेनदेनमा राज्य मन्त्री समेत बनाईएको आरोप सभापतिलाई छ ।

विशेषत: सभापतिले जनमत पार्टीलाई विश्वासको मत दिएपछि अर्थ मन्त्रीको विषयमा ठूलो विवाद उत्पन्न गराउँदै मन्त्री मण्डलको विस्तारमा ढिलाइ भएको थियो। कृष्ण यादवले अर्थ मन्त्रालयमा आफ्नो पकड बनाउने उद्देश्यले आफ्ना मान्छेलाई महत्त्वपूर्ण स्थानमा नियुक्त गरेको आरोप छ। अर्थ मन्त्रीमा आफ्नो जिल्ला सभापति सुनिलकुमार यादव ( जितेन्द्र ) लाई अगाडी बढाउने र अर्थ मन्त्रालय आफ्नो पकडमा राख्ने योजनामा उनी सफल भएका थिए । कृष्णा यादव मन्त्री हुंदा मधेश प्रदेश कार्यालयका मुख्य सचिव सन्तु प्रसाद यादव स्वकिय सचिव थिए भने हाल अर्थ मन्त्रीको पनि उनी नै छन् । यादवले स्वकिय सचिव आफ्नो मान्छे राखेर अर्थ मन्त्रालय आफै संचालन गर्दै आएका छन् । सन्तु यादवले भने मुख्य सचिव र स्वकिय सचिव दुवै तिर बाट तलब भत्ता बुझ्दै आएका छन् ।

हाल जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता एवम तत्कालीन अर्थ मन्त्री संजय यादव र नेकपा(माओवादी केन्द्र)की नेतृ एवम तत्कालीन पर्यटन मन्त्री सुनिता यादव भ्रष्टाचारमा लिप्त रहेका ठहर गर्दे छानविन समितिले तयार पारेको प्रतिवेदन पारित गराउने समयमा सभापति यादवले आफु निकटका प्रदेश सभा सदस्यहरुलाई २२ मध्ये १८ जना बसेको संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गरेपनि केन्द्रिय कार्यसमितिको बैठकलाई काठ्माडौं आएका कृष्णा यादवले सांसदहरूलाई काठ्माडौं बाट फोन गरेर ८ जना सांसदलाई यु टर्न गराएता पनि प्रतिवेदन भने पारित भएको छ । यो अवस्थालाई हेर्दा कृष्ण यादव संसदीय दलमा अल्पमतको अवस्थामा देखिएका छन् र नंया संसदीय दलको नेताका लागि वीरेन्द्र सिहं अगाडी देखिन्छन् । जुन पार्टीको भएपनि २ भ्रष्ट यादवको संरक्षणमा कृष्णा यादव लागेको स्पष्ट भएको छ । यस विवादको प्रभाव पार्टीको संसदीय दलमा पनि देखिएको छ, जहाँ यादव अल्पमतमा देखिएका छन्। संसदीय दलको नेता परिवर्तनको सम्भावना देखा परिरहेको छ, जहाँ उपसभापति वीरेन्द्र सिंह बलियो उम्मेदवारका रूपमा अगाडि आएका छन्।

यो विवादबीच प्रमुख सचेतक उमर कान्त झाले पनि राजीनामा दिएका छन्, यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन।

Leave a Reply