‘तारागाउँबारे मन्त्रालयले सूचना लिइसकेको छ, अब एक्सनमा काम हुन्छ’

‘तारागाउँबारे मन्त्रालयले सूचना लिइसकेको छ, अब एक्सनमा काम हुन्छ’

काठमाडौं, साउन २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशमा गैरकानुनी ढंगले अरु कोही पोषिने र राज्य लुटिने अवस्था रहेको बताएका छन्।

आइतबार सिहंदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको तारागाउँ विकास समिति साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा भएको छलफलमा उनले तारागाउँ रिजेन्सी होटल्सलगातसँगको सबै सूचना र तथ्यहरु लिएर मन्त्रालयलाई जवाफ पनि आइसकेको जानकारी गराए।

मन्त्री पाण्डेले मन्त्रालय  र तारागाउँ समितिको काम गर्ने सिलसिलामा ढिलासुस्ती र पहलकदमीको कमी देखिएको बताए।

‘राज्यलाई क्षति पुर्याउनेगरी विभिन्न निकायहरु गलत अभ्यासहरु हुने गरेको देखिन्छ। इतिहास हेर्दा संस्थाकै रुपमा अगाडि बढेको देखिन्छ। तारागाउँ रिजेन्सी होटल्स लगायतसँगको सबै वास्तविकता र तथ्यहरु मन्त्रालयलाई जवाफ पनि आइसकको अवस्था छ,’ उनले भने, ‘अख्तियारमा पनि उजुरी परेको र अख्तियारले केही निर्देशन मन्त्रालयलाई र तारागाउँ समितिलाई दिइसकेको छ। मन्त्रालय  र तारागाउँ समितिले काम गर्ने सिलसिलामा आफ्नै पनि ढिलासुस्ती र पहलकदमीको कमी देखियो।’

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तारागाउँको नाममा धेरै जग्गा जमिन हेटाल रिसोर्ट राखेको बताउँदै त्यो सबै सरकारको निम्ती बोझ भएको छ कि ? राजश्व आउन बाधक बनेको छ कि? केही कर्मचारीलाई रोजगारी प्रदान गर्ने र राज्यले पाल्ने मात्रै भएको छ  ? त्यसको बारेमा जानकारी राख्नुपर्ने बताए।

‘व्यस्थापन राम्रोसँग गर्नुपर्यो ।  निजी क्षेत्रलाई दिने हो भने दिनुपर्छ, होइन भने नेपाल सरकारले पूरै प्रयोग गर्नुपर्यो। बोझको रुपमा रहन भएन । यो तारागाउँको जग्गाको विषय उठिरहेको छ,’ उनले भने।

Leave a Reply