आफू विरुद्ध कपोकल्पित, अपुष्ट, भ्रमात्मक र तथ्यहीन समाचार सम्प्रेषण भयो : सांसद शाह

आफू विरुद्ध कपोकल्पित, अपुष्ट, भ्रमात्मक र तथ्यहीन समाचार सम्प्रेषण भयो : सांसद शाह

केहीदिन अघि सुदूर भ्वाईस टिभी नामक युट्युब च्यानलबाट ‘सांसद पुष्प शाह सम्पर्क विहीन, चित्रगुत्ता या वनवास कहाँ गए होलान् ?’ शीर्षकमा भिडियो सामाग्री प्रसारण भएको थियो । उक्त भिडियोमा सांसद शाहले जनताका लागि कामै नगरेको, संसद्मा समेत चुइँक्क नबोलेको र सरकारी जग्गा पार्टीलाई बेचेर मोटो रकम असुली गरेको भनेर विभिन्न आरोप लगाइएको छ । सोही विषयमा प्रष्ट पार्न कांग्रेस अछाम जिल्ला सभापति समेत रहनुभएका सांसद शाहले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आफू निर्वाचित भएर संसदमा  आएपछि अछामी जनताका लागी २० पटक आवाज उठाएको दाबी गर्नुभएको छ । उहाँले यसबीचमा जिल्लामा पुगेर जनताका समस्या र आवश्यकताका कुराहरू टिपोट गरी संसद्मा आवाज उठाएको बताउनुभएको छ । संसद् शाहले नियोजित तरिकाले समाचार लेख्नुभन्दा पहिले तथ्य र प्रमाण हेर्न अनुरोध गर्नुभएको छ ।

यस्तै सांसद शाहले सरकारी जग्गा पार्टीलाई बेचेर मोटो रकम असुली गरेको भन्ने आरोपको खण्डन गर्दै पार्टीको निर्णय अनुसार साढे तिन रोपनी जग्गा मध्ये २१ आना जग्गामा पार्टी कार्यालय बनेको बताउनुभएको छ । उहाँले २१ आना जग्गामा पार्टी कार्यालय बनेको रेकर्ड जिल्ला मालपोत र नापी कार्यालयमा रहेको दाबी गर्नुभयो । यस विषयमा आफूसँग प्रमाण रहेको दाबी गदै उहाँले पीत पत्रकारिता गरेर आम जनतालाई भ्रमित नगर्न चेतावनी दिनुभएको छ ।

समाचार सामाग्रीमा प्रयोग भएका लोसे , त्रिगुप्ता बनबास,काउसो लगायतका शब्द प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

उहाँले यस विषयमा चुप लागेर नबस्ने भन्दै आफूविरुद्ध  परिचालित भएर भ्रामक र पूर्वाग्रही सामाग्री प्रसारण गर्ने संस्था र व्यक्तिविरुद्ध कानुनी उपचार खोज्ने बताउनुभएको छ ।

यसैबीच, नेपाली कांग्रेस अछामले पार्टी सभापति समेत रहनुभएका सांसद शाहविरुद्ध कपोकल्पित, अपुष्ट, भ्रमात्मक र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक प्रेसविज्ञप्ति जारी गर्दै कांग्रेस अछामले व्यक्तिगत लाञ्छना लगाउने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply