काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विरुद्ध आधारहीन समाचार प्रकाशन प्रति नेविसंघ अछामको आपत्ति   

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विरुद्ध आधारहीन समाचार प्रकाशन प्रति नेविसंघ अछामको आपत्ति     
अछाम । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि विरुद्धमा षडयन्त्रपूर्वक तरिकाले नियोजित रूपमा   आएको भन्दै   नेपाल विद्यार्थी सङ्घ अछामले  गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ  ।
अछाम  क्षेत्र न. २ बाट निर्वाचित सांसद पुष्प बहादुर शाह र पञ्चदेवल विनायक नगरपालिकाका जनप्रतिनिधि विरुद्ध असभ्य र अशिष्ट भाषाको प्रयोग सहित आएका समाचार अक्षम्य र खेदजनक रहेको बताएको छ ।
नेपाल विद्यार्थी सङ्घ अछामले एक  प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारिताको धर्म बिर्सेर सञ्चार माध्यमको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा आफ्नो भ्युज बढाउनका लागि काम गरेको भन्दै नेविसंघ अछामले घोर निन्दा एवं भर्त्सना गरेको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित सांसद  पुष्प बहादुर शाहले आफू निर्वाचित भएदेखि नै संसद्का नियमित काम सँगै अछाम क्षेत्र नं. २ का जनतासँग प्रत्यक्ष संवादमा रही यस क्षेत्रको विकास, आर्थिक उन्नति, पूर्वाधार निमार्णका लागि संसद्मा बुलन्द आवाज पार्नु भएको र  पञ्च देवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेको नेतृत्वमा नगरको सड्क, शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगारका क्षेत्रमा उल्लेखनीय काम भएका दाबी नेविसंघ अछामका सभापति खेम खड्काद्वारा हस्ताक्षरित   प्रेस विज्ञप्तिमा गरिएको छ  ।
तथ्य भन्दा बाहिर रहेर नियोजित रूपमा परिचालित भएर प्रकाशित गरेको नेविसंघको ठहर छ । असभ्य शब्द, गाली गलौज र टीकाटिप्पणी गर्ने व्यक्ती र सञ्चारमाध्यमलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग माग नेविसंघले गरेको छ ।

Leave a Reply