रास्वपाका ६० जनाभन्दा बढी युवाले गरे पार्टी परित्याग

रास्वपाका ६० जनाभन्दा बढी युवाले गरे पार्टी परित्याग

बुटवल :  दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् ।  सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति रवि छामिछानेले युवालाई झुक्काएको आरोप लगाएका छन् । उनले रास्वपामा पनि पुराना पार्टीको झैँ नातावाद र कृपावादको हाबी भएको बताए ।

सभापति विभिन्न आरोपमा मुछिए पछि नैतिकताले पनि रास्वपामा बस्न मन नलागेको उनले बताए । देश विकास गर्नका लागि पार्टी नचाहिने भन्दै सबै युवाहरू स्वतन्त्र भएर बस्न पनि उनले आग्रह गरे ।

पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी परित्याग  गरेका हुन् ।

Leave a Reply