जुवातास खेलिरहेको अवस्थामा अछाममा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा अछाममा ८ जना पक्राउ

अछाम : जुवातास खेलिरहेको अवस्थामा अछामको कमलबजार बाट ८ जना पक्राउ परेकाछन ।

कमलबजार न.पा. २ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलीराखेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कमलबजारबाट प्र.नि. हर्ष बहादुर चन्दको कमाण्डमा खटिगएको प्रहरी टोलीले उक्त घरमा छापा हानि खानतलासी गर्दा ८ जना जुवाडे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

पक्राउ पर्नेमा कमलबजार न.पा. ४ बस्ने बर्ष ३५ को पदम थापा, वडा नम्बर ८ बस्ने बर्ष ४५ को मन बहादुर चलाउने
वडा नम्बर १ बस्ने बर्ष ४३को नरेन्द्र ढकाल,खडु तुर्माखाँद गा.पा. ३ बस्ने बर्ष २६ को प्रेम नेपाली, बर्ष ३० को बिमल बि.क पञ्चदेवल बिनायक न.पा. ५ बस्ने बर्ष २४ को जगत बहादुर शाहि,बुढिगंगा न.पा. ६ बाजुरा बस्ने बर्ष ४६ को शेर बहादुर बि.क रहेकाछन ।

जुवाखाल बाट बरामद गरिएको ५३ हजार ९ सय ७५ रुपैया नगद सहित मोबाईल स्क्रिन टच ८ थान ,सादा मोबाईल १ थान र तास २ गड्डी नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइ आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

Leave a Reply