अछाममा भिर बाट लडेर एकजना पुरुषको मृत्यु

अछाममा भिर बाट लडेर एकजना पुरुषको मृत्यु

अछाम : अछाममा भिर बाट लडेर एकजना पुरुषको मृत्यु भएको छ ।

पञ्चदेवल बिनायक न.पा. ५ लयाटी बस्ने  ४५ वर्षका को कमल बहादुर शाहीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

 

शाही आफ्नै खेतबारीमा काम गरी घर फर्कने क्रममा घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको बडरुखको भिरबाट लडेर १०० मिटर तल खसेका थिए ।

लडेर घाईते भएको उनको उपचारको लागि दैलेख जिल्लाको राकम लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रनाउ भण्डारीले बताए । लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

 

Leave a Reply