मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत मंगलसेन -ठाटिखाँद सडकखण्ड पहिरोले अवरुद्ध

मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत मंगलसेन -ठाटिखाँद सडकखण्ड पहिरोले अवरुद्ध

अछाम : मध्यपहाडी पुष्पलाल राजमार्ग अन्तर्गत अछाम खण्डमा पहिरो जादा सडक अवरुद्ध भएको छ ।

शनिबार रातिबाट आएको अबिर वर्षाको कारण मंगलसेन ठाटिखाद सडक खण्डको ठुलासैन नजिकैको चिण्डे बनमा
सडकको भाग तलबाट भासिएपछि बिहानैदेखि दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो  ।

भासिएको सडक खुलाउनका लागी मंगलसेन नगरपालिका संग समन्वय भइरहेको  जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

Leave a Reply