ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार बोहराको निधन प्रति शोक सलामी अर्पण 

ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार बोहराको निधन प्रति शोक सलामी अर्पण 

अछाम ९ भदौ : जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत प्रहरी सहायक हवल्दार टंक बहादुर बोहराको मृत्यु भएपछि शोक सलामी अर्पण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा डिउटीमा रहेको अवस्थामा एक्कासि बेहोस भएर ढल्दा मंगलसेन नगरपालिका -८ घर भएका सहायक हवल्दार बोहराको शनिबार निधन भएको थियो ।प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालको उपस्थितीमा शोक सलामी सहित श्रद्धान्जली अर्पण गरिएको हो ।

मृतकको पार्थिव शरिरमा प्रजिअ लम्सालले नेपाल प्रहरीको झन्डा ओढाएर पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जली अर्पण गर्ने क्रममा नेपाल प्रहरीले शोक सलामी समेत अर्पण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले ईमान्दार र कर्त्वयनिष्ठ प्रहरी कर्मचारीलाई गुमाउँदा नेपाल प्रहरी संगठनलाई अतुलनीय क्षती भएको भन्दै दु:ख  व्यक्त गरे ।

जिल्ला स्थित सुरक्षा निकायका प्रमुख , अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मंगलसेन नगरपालिका वडा नम्बर-०९ स्थित कैलाश खोलामा प्रहरी टोलीले शोक सलामी सहित संगठनको झण्डा ओडाई सम्मानका साथ परम्परा अनुसार  अन्तिम दाह संस्कार गरिएको  अछाम प्रहरी जनाएको काम ।

Leave a Reply