बाढीले बगाएको काठेपुल नेपाली सेनाले गर्‍यो पुनः निर्माण 

बाढीले बगाएको काठेपुल नेपाली सेनाले गर्‍यो पुनः निर्माण 
अछाम : अविरल वर्षाकाे कारण बाढीले बगाएको काठेपुल नेपाली सेनाले पुनः निर्माण गरेको छ ।
प्राकृतिक सम्पदा तथा धार्मिक दृस्ठिकोणले प्रख्यात खप्तड राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने  मुख्य मार्गका रूपमा रहेकोे त्रिवेणि -खप्तड पैदलमार्गको केदारढुंगाको नजिकै घाटखोलामा रहेकोे काठेपुल बिहिवार राती आएको अबिर वर्षाले पुल बगाइ ५० मिटर तल पुर्याएको थियो ।
खप्तड राष्ट्रिय निकुञ्जमा अवस्थित  नेपाली सेनाको श्री समरजीत गुल्म खप्तड गुल्म बाजुराका सहायक गुल्मपति सहसेनानी भरत रानाको कमान्डमा गएको टोलिले उक्त पुल पुरानै अवस्थामा शुक्रबार  पुनः निर्माण गरेको हो ।
पुल बगाएपछि आवतजावतमा कठिनाई खेप्नुपरेका त्यस ठाउँका नागरिकहरुले नेपाली सेनालाई धन्यवाद दिएका छन् ।

Leave a Reply